पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले संस्थापक नेता जोशीलाई उच्च नेताको सम्मान दिँदै देशभरका पार्टी कार्यालय एक दिन बन्द गर्ने र पार्टीका झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।
बैठकले जोशी नेपाली कांग्रेसको आदर्श र सिद्धान्तप्रति जीवनभर प्रतिबद्ध रहेको भन्दै उहाँको सम्झनामा देशभर श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि गरेको छ ।





प्रतिक्रिया दिनुहोस्