फाइल फोटो
काठमाडौं उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताए ।
अध्यक्ष थापाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृतरुपमा सफलता प्राप्त गर्न नसक्नुका कारणमा विभिन्न शक्तिबाट पार्टीको वैचारिक नीतिमा भ्रम छर्ने कार्य भएकामा चिन्ता व्यक्त गरे ।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीभित्र अवसरवादीको सक्रियता बढेकाले अहिले आन्तरिक एकतामा केही चुनौती देखिएको बताउँदै यसतर्फ सबैले चनाखो भइ अगाडि बढ्नुपर्ने बताए ।
पार्टीका अर्का नेता राजाराम श्रेष्ठले राप्रपाले स्थानीय तहमा पार्टीको आदर्शलाई पुर्याउन नसकेकाले चुनावमा राम्रो परिणाम आउन नसकेको बताउँदै अब स्थानीय जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिए । रासस





प्रतिक्रिया दिनुहोस्