Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


युएईविरुद्ध उत्रिँदै नेपाल


0
Shares

राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाल र युएईबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । नेपाली टोली बिहीबारै युएई पुगिसकेको छ ।

छनोट चरणमा नेपालले युएईका साथै उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ ।

चार टोली सम्मिलित यो समूहबाट शीर्ष स्थानमा रहने टोली युथ एसियन च्याम्पियनसिपका लागि सोझै छनोट हुनेछ भने दोस्रो हुने टोलीको उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरण पुग्ने सम्भावना कायमै रहनेछ ।