काठमाडौं, माघ १६ । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।
२२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटामात्रै ग¥यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको हो ।
अर्को चिनियाँ विमान क्याप्टेन बिरामी बिदामा भएकाले उडेन । अरु ७ वटा विमान मर्मत गर्नुपर्ने अवस्थामा थिए । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्