तर, उसले सत्तारुढ दलले राजनीतिक इमान्दारिता देखाउनुपर्ने अडान राखेको छ ।
राष्ट्रिय जनता पार्टीलाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन सत्तारुढ दलहरुले लगातार प्रयास गर्दै आएका छन् । सोहीक्रममा सरकारपक्षीय दल र राजपाका शीर्ष नेताहरुबीच पटक–पटक संवादसमेत भएको छ ।
संविधान संशोधनको विषय पेचिलो बन्दै गएपछि राजपाले राजनीतिक इमान्दारिताको संकट गहिरिएको विश्लेषण गरेको छ ।
केही दिनयता तेस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपाका शीर्ष नेतृत्वले सहमतिका लागि लचक हुनसक्ने संकेत गरेको छ । निर्वाचन आयोगमा राजपाको दल दर्ताले पनि यसमा प्रस्ट संकेत गरेको देखिन्छ ।
संविधान संशोधनलाई विगतमा ‘बटमलाइन’ बनाएको राजपाले सरकारले पूर्वसहमति कार्यान्वयन गर्न इमान्दारिता देखाउनुपर्ने बताउन थालेको छ ।
राजनीतिक इमान्दारिता देखाएर पूर्वसहमति कार्यान्वयन गरेर देखाए निर्वाचनमा सहभागी हुने ढोका खुल्ने राजपाका अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले बताए ।
संविधान संशोधन गरेर राजपालाई चुनावमा सहभागी गराउनु प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘फलामको च्यूरा चपाउनु’जस्तै भएको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





प्रतिक्रिया दिनुहोस्