युएईमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको २३ वर्षमुनिको टोलीलाई सोही उमेर समूहको घरेलु टोलीले ५–० ले हराएको हो ।
पहिलो हाफमै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिने प्रयास गरेपनि थप एक गोल खान पुग्यो ।
नेपाल रहेको समूह ‘डी’मा युएईसँगै उज्वेकिस्तान र लेबनन रहेका छन् । नेपालले सोमबार (भोलि) उज्वेकिस्तान र बुधबार लेबननसँग खेल्ने कार्यक्रम छ ।
एसियाका ४० टोलीलाई १० समूहमा विभाजन गरेर भइरहेको छनोट चरणबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष चीनमा आयोजना हुने एसियन युथ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।





प्रतिक्रिया दिनुहोस्