Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


मुगुरुजाले जितिन् विम्बल्डन टेनिसको उपाधि


0
Shares

शनिबार लन्डनमा भएको फाइनल खेलमा भेट्रान अमेरिकी खेलाडी भेनस विलियम्सलाई हराउँदै मुगुरुजाले करियरमा पहिलोपटक विम्बल्डन टेनिसको उपाधि जितेकी हुन् ।

पाँचपटककी पूर्वविजेता भेनसविरुद्धको खेल मुगुरुजाले ७–५ र ६–० को सोझो सेटमा जितिन् । मुगुरुजाको समग्रमा यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।

अघिल्लो वर्ष फ्रेन्च ओपनको फाइनलमा सेरेना विलियम्सलाई हराउँदै मुगुरुजाले करियरमा पहिलो ग्रान्डस्लाम टेनिस जितेकी थिइन् ।

पुरुषतर्फ फाइनल खेल आइतबार (आज) हुनेछ । उपाधिका लागि स्वीस खेलाडी रोजर फेडेरर र क्रोएसियाका मारिन सिलिच भिड्नेछन् ।

सर्वाधिक १८ पटक ग्रान्डस्लाम जितेका फेडेरर विम्बल्डन करियरमा भने कीर्तिमानी आठौं उपाधिको खोजीमा छन् ।