Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


राणा र लोहनी नेतृत्वको पार्टीबीच एकतासभा हुने


0
Shares

काठमाडौं, माघ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का बीचमा यही माघ १८ गते एकतासभा हुने भएको छ ।

अब बन्ने नयाँ पार्टीले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिकारुपमा अवलम्बन गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबरा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच समझदारी भएको राप्रपा (प्र)का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

दुवै दलका शीर्ष नेताको सहभागितामा निर्देशक समिति बनाइनेछ । उक्त समितिको अध्यक्षता आलोपाले गर्ने र चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको छ ।

वि.सं. २०४७ जेठ १५ गते स्थापना भएको राप्रपा विभिन्न समयमा फुटदै गएको थियो । रासस