Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘नेपाल भेनेजुएलाको शान्ति, स्थायित्व र एकताका पक्षमा’


0
Shares

काठमाडौं, माघ १५ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पस्ट गरेको छ ।

सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजिकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मत–मतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक वक्तव्य जारी गर्दै भनेको छ–‘कुनैपनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन । आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदन्ड र लोकतान्त्रिक मूल्य–मान्यतानुसार हुनुपर्छ ।’

भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको यथार्थ वक्तव्यमा समेटिएको छ । रासस