Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सरकार भ्रष्टाचारको दलदलबाटमाथि उठ्न सकेन : बाबुराम


0
Shares

पाँचथर, ताप्लेजुङ, माघ १५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको एकमहिने जनसंवाद अभियानको शुभारम्भ गरेका छन् ।

मंगलबार पाँचथरको चिवाभञ्ज्याङबाट उक्त अभियानको उद्घाटन गरेका हुन् ।

अभियानअन्तर्गत् मध्यपहाडी लोकमार्गको चिवाभञ्ज्याङदेखि दार्चुलाको झुलाघाटसम्मको एक हजार ७७६ किलोमिटर आसपासका क्षेत्रमा जनसंवाद गरिने डा. भट्टराईले बताए ।

अभियानअन्तर्गत् २७ जिल्लाका करिब ९० स्थानमा कार्यक्रम गरिने बताइएको छ ।

अभियानकैक्रममा विभिन्न क्षेत्रका सम्भावना, समस्या र चुनौतीलाई बुझ्ने र सोहीअनुरुपका कामले मुलुकलाई समृद्धितर्फ अघि बढाउने योजना रहेको उनले बताए ।

यसअघि, मंगलबारै पाँचथरको फिदिममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले नेकपाको सरकार भ्रष्टाचारको दलदलबाटमाथि उठ्न नसकेको आरोप लगाए ।