१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


क्यान्सर रोगबारे जनचेतनामूलक मोटरर्‍याली


0
Shares

काठमाडौं, माघ १५ । ‘क्यान्सर रोग निको हुनसक्छ’ भन्ने नारासहित केजिफ फाउन्डेसन र नेपाल अर्बुदरोग निवारण संस्थाले मोटरर्‍याली गर्ने भएका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यही माघ १८ गते काठमाडौंदेखि पोखरासम्म मोटरर्‍याली गर्न लागेको जानकारी दिइयो ।

स्वस्फूर्तरुपमा भाग लिनसकिने र्‍यालीमार्फत् क्यान्सर रोगबारे जनचेतना फैलाउने र ‘भिजिट नेपाल २०२०’ लाईसमेत प्रोत्साहन गरिने आयोजकले जनाएका छन् ।

बिहान ७ बजे नेपाल टुरिजम बोर्डबाट सुरु हुने मोटरर्‍याली पोखरा पुगेर टुंगिनेछ ।

र्‍यालीमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारसमेत व्यवस्था गरिएको छ ।