Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


पारस शाहको स्वास्थ्य अवस्था कस्तो छ ?


0
Shares

काठमाडौं, माघ १५ । हृदयाघात भएर काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

उनको अवस्था स्थीर रहेपनि खतरामुक्त भन्न नमिल्ने उपचारमा संलग्न चिकित्सक यादव दत्त भट्टले जानकारी दिएका छन् ।

उपचारकाक्रममा उनलाई कडा हृदयाघात भएको पाइएको जनाइएको छ ।

नर्भिकका मुटुरोग विशेषज्ञ डा. भट्ट नेतृत्वको टोलीले उनको मुटुको शल्यक्रिया गरेको थियो ।

शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरिएको अस्पतालले मंगलबार जनाएको छ ।

७२ घन्टासम्म निगरानीमा राखेपछि उनको स्वास्थ्य स्थितिबारे थप जानकारी दिनसकिने पनि चिकित्सकहरुले जनाएका छन् ।

उनलाई सोमबार अपराह्न साढे ४ बजे नर्भिक अस्पताल लगिएको थियो ।