विश्वकप फुटबलको हरेक संस्करणअगाडि सोही देशमा सडक बालबालिकाहरुको विश्वकप फुटबल तथा महोत्सव आयोजना हुँदै आएको छ ।
नेपालको सेल्टर आश्रय नामक संस्थाले नेपालमा रहेका सडक बालबालिकाहरुबीच फुटबल प्रतियोगिता आयोजना गरी टोली छनोट गर्नेछ ।
‘सेभेन ए साइड’ ढाँचामा खेलाइने ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’का लागि कुल ९ खेलाडी छनोट हुनेछन् ।
मस्कोमा सडक बालबालिकाहरुका लागि विश्वकप फुटबलसँगै कला महोत्सव तथा सम्मेलन पनि आयोजना हुनेछ ।
नेपालको सहभागितामा सहयोग गर्न जापानको फन रुट फुटबल एकेडेमीले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच खेल सामग्री प्रदान गरेको छ ।
पूर्वराष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन प्रशिक्षक रहेको उक्त एकेडेमीले सडक बालबालिकाहरुका लागि ३० जोर फुटबल सुज तथा १० ओटा फुटबल हस्तान्तरण गरेको छ ।





प्रतिक्रिया दिनुहोस्