११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


मधेसमा आइएनजिओको २३ अर्ब, ७३ वटा संघसंस्था २२ जिल्लामा सक्रिय


0
Shares

ती जिल्लामा आर्थिक बर्ष २०७३ , ७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो ।

उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिए थिए ।

विभिन्न ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था मधेसका २२ जिल्लामा सक्रिए भएर एक बर्षमै २३ अर्ब भन्दा बढी खर्च गरिएको हो ।

कैलाली सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना अन्तराष्ट्रिय गैरसरकारी संस्थाले चलाएका थिए ।

अर्थ मन्त्रालय अन्तर्गतको बैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपलब्ध भई रेकर्ड भएअनुसार उक्त तथ्याकं देखिएको हो । -नागरिक दैनिकबाट