युनाईटेड अरब ईमाईरेट्स युएईमा सोमबार राति भएको खेलमा नेपाललाई उज्वेकिस्तानले २-० ले हराएको हो ।
यो हारसँगै नेपालको अर्को चरणमा पुग्ने संभावना सकिएको छ ।
पहिलो खेलमा आयोजक युएईसँग ५-० ले पराजित भएको नेपालको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम सोमबारको हारपछि समुहको अंक तालिकामा पुछारमा रहेको छ ।
नेपालले समुहको अन्तिम खेलमा बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्