Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


हिन्दूराष्ट्र र राजसंस्था माग्दै लोहनीले निकाले र्‍याली (भिडियो)


0
Shares

मंगलबार राजधानीको बबहरमहलबाट निकालिएको र्‍याली माइतीघर मन्डला पुगेर सकिएको थियो ।

‘भ्रष्टाचार नियन्त्रण गरौं’, ‘भागबन्डाको राजनीति अन्त्य गरौं’, ‘संवैधानिक राजसंस्था कायम गरौं’ भन्ने नारा लगाउँदै निस्केको र्‍यालीको नेतृत्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए ।

राजतन्त्र स्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै उनले राजसंस्था पुनःस्थापनाको संघर्षमा लाग्न आग्रह गरे ।

राजसंस्था पुनःस्थापना र हिन्दूराज्यको एजेन्डा लिएका केही शक्तिले राजसंस्थालाई धोका दिएर विदेशीको इसारामा चलेको उनको आरोप थियो ।

भिडियो हेर्नुहोस्