मंगलबार राजधानीमा गरिएको साक्षात्कारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता रामनरेश रायले संविधान संशोधन प्रस्ताव अब व्यवस्थापिका–संसदमा निर्णयार्थ पेस नभए संसद छाड्ने चेतावनी दिएका छन् ।
उनले प्रस्तावलाई तत्काल ‘भोटिङ’मा लैजानुपर्ने भन्दै त्यसको परिणाम स्वीकारेर आफूहरु स्थानीय तह निर्वाचनमा जाने बताए ।
साक्षात्कारमा नेपाली कांग्रेसका नेता एनपी साउदले सो प्रस्ताव ‘फेल’ भएपनि राजपा चुनावमा जान तयार हुनुपर्ने भन्दै निर्वाचन क्षेत्र निर्धारण आयोग ‘फास्टट्रयाक’बाट ल्याउन सरकार तयार रहेको बताए ।
यस्तै, नेकपा एमालेका नेता रघुवीर महासेठले राजपालाई चुनावमा आउन नदिन कांग्रेस नै लागिरहेको आरोप लगाउँदै चुनावअघि संविधान संशोधन हुन नसक्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले पनि संविधान संशोधनलाई अघि बढाउनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्