फाइल फोटो
सो पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे अध्यक्ष मोहन वैद्यले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ दल दर्ता तथा चुनाव चिह्नको व्यवस्था नगरी ‘थ्रेसहोल्ड’समेतको मान्यता तेस्र्याएर निर्वाचन गरिएको अवस्थामा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको उल्लेख गरेका छन् ।
यो स्थितिमा निर्वाचन परिणाम बढी आउने पार्टीले अपेक्षा नगरेको र व्यवहारमा पनि त्यही देखिएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले यही असोजको चौथो सातामा आयोजना गरिने राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष वैद्यले ‘राजनीतिक प्रतिवेदन’ र ‘नेपाली समाजको स्वरुप तथा पार्टीको आम कार्यदिशा’ नामक दुई राजनीतिक प्रस्ताव पारित गरेको छ ।
अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिँदै माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहलाई आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । रासस





प्रतिक्रिया दिनुहोस्