Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


दुई खेलमा पराजित नेपालले आज लेबनानसँग खेल्ने


0
Shares

युएईमा जारी प्रतियोगितामा सुरुवाती दुई खेल हारिसकेको नेपाल आज सान्तोना जितको खोजीमा हुनेछ ।

समुह चरणबाट बाहिरिसकेका दुबै टोली छनोट चरणमा पहिलो जितको खोजीमा छन् । खेल नेपाली समय अनुसार आज राती ११ बजे युएईको अल आईनमा सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक युएईसँग ५-० को तथा दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को हार वेहोरेको थियो ।

उता लेबनान भने पहिलो खेलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित हुँदा दोस्रो खेलमा युएईसँग १-० ले हारेको थियो ।

आजै हुने अर्को खेलमा आयोजक युएईले उज्वेकिस्तानसँग खेल्नेछ ।

उक्त खेलको विजेता समुह विजेताको रुपमा अर्को वर्ष चीनमा हुने एएफसी युथ २३ फुटबल च्याम्पियनसिपमा सहभागी हुन पाउनेछ ।