Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


प्रशिक्षक एन्टोनियो कोन्टे थप दुई वर्ष चेल्सीमै रहने


0
Shares

कोन्टे चेल्सी प्रशिक्षककै रुपमा रहन्छन् वा अन्य कुनै क्लव प्रवेश गर्छन भन्ने हल्ला चलिरहेको बेला मंगलबार उनले क्लवसँग दुई वर्षको लागि सुधारिएको करार सम्झौता गरेका छन् ।

चेल्सीलाई गत सिजनको इंग्लीश प्रिमियर लिग फुटबल जिताएका कोन्टेले यो सिजनको लागि आशा गरे अनुसारको खेलाडी किन्न सकेका छैनन् ।

खेलाडी खरिदमा क्लवले ढिलाई गरेको भन्दै उनी ब्यवस्थापनसँग असन्तुष्ट रहेको बताइएको थियो ।

गत सिजन चेल्सीलाई लिग जिताँउदा महत्वपुर्ण भुमिका निभाएका स्पेनिस स्ट्राईकर डिएगो कोष्टालाई क्लव छाड्न आग्रह गर्दैै पठाएको एसएमएस सार्वजनिक भएपछि कोन्टे आलोचित बनेका थिए ।

तर चेल्सीसँगको सुधारिएको सम्झौतापछि अब उनीमाथिको सम्पुर्ण आशंकाहरु मेटिएका छन् ।

४७ वर्षीय ईटालीयन प्रशिक्षक कोन्टे सन् २०१६ मा चेल्सी प्रवेश गरेका थिए ।

उनले त्यतिवेलै क्लवसँग तीन वर्षको करार सम्झौता गरेपनि यो सिजनको सुरुमै सुधारिएको नयाँ सम्झौता गर्नुपर्ने अडान लिएका थिए ।