
योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार पठाउन आग्रह गरेका छन् ।
यही पत्रको जानकारी लिएर श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बुधबार अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छन् ।
उनले यसबारे जानकारी गराउनसाथ संसदीय समितिका सदस्यहरुले सरकार आफैं चेलीबेटी बेचविखन गर्न खोजिरहेकोसम्म आरोप लगाए ।
खाडी मुलुकहरुमा नेपाली चेलीहरु दैनिक रुपमा बलात्कार तथा यौंन हिंसाको सिकार भइरहेको भन्दै संसदहरुले त्यहाँको समस्या समाधान गर्न ती देशले चासो नदिरहेको अवस्थामा नेपाली चेली पठाउन नहुने धारणा राखे । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्