Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


नेपाल र अफगानिस्तान मैदानमा, नेपाललाई १९१ रनको लक्ष्य


0
Shares

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो ।

अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए ।

उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई/दुई विकेट लिए ।

सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९।४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । रासस