Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


पूर्वन्यायाधीश दासको संयोजकत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन


0
Shares

मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् । आयोगलाई २१ दिनको कार्यअवधि तोकिएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार आयोग गठन गरिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल नगरिएको बताए ।

यस्तै, बैठकले निवर्तमान मुख्यसचिव सोमलाल सुवेदीको राजीनामा पनि स्वीकृत गरेको छ ।