Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


महिला विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र इंग्ल्याण्ड भिड्ने


0
Shares

इङ्ल्यान्डको डर्बीमा गएराति भएको सेमीफाइनलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको हो ।

वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २ सय ८१ रन बनायो । भारतका लागि विष्फोटक ब्याटिङ गरेकी हर्मनप्रित कौरले अविजित १ सय ७१ रन जोडिन् ।

जवाफमा २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४१ औं ओभरमा अलआउट हुनुपूर्व २ सय ४५ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका अलेक्स ब्ल्याकवेलले ९० रन तथा एलिसा भिलानीले ७५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

जितसँगै भारतले आयोजक इंग्ल्याण्डविरुद्धको उपाधि भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको थियो ।