Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मेलमिलाप नीतिबाटै सबै समस्याको समाधान : पूर्वराष्ट्रपति


0
Shares

विपीको ३५ औं स्मृति दिवसमा विपी ट्रष्टले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले मेलमिलापको नीतिबाटै सबै समस्याको समाधान हुने बताए ।

अहिलेका राजनीतिक दलहरु मेलमिलापबाट टाढा हुन खोजेको भन्दै उनले विपीको मेलमिलापको नीतिबाट अगाडि बढ्न सुझाव दिए । हिमाल, पहाड र तराईका समस्या समाधान गर्न सबै राजनीतिक दल एक हनुको विकल्प नभएको भन्दै उनले दलीय एकता कायम रहे मेलमिलापको नीतिले सार्थकता पाउने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा विपी पुत्र डा. शंशाक कोइरालाले विपीको सिद्धान्त आत्मसात गर्न नसकेका कारण मुलकका समस्या समाधान हुन नसकेको बताए ।

कार्यक्रमा पुरुषोत्तम बस्नेतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ विमोचन गरिएको थियो ।