
काठमाडौं, माघ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गोविन्द केसीको समर्थन गर्दै सोमबारदेखि रिले अनशन सुरु गरेका चिकित्सकहरुलाई आफूले प्रदान गर्नुपर्ने सेवालाई निरन्तता दिन आग्रह गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी रिले अनशनले बिरामीको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने भन्दै सेवालाई यथावतरुपमा सन्चालन गराउन भनेको हो ।
आन्दोलनबाट बिरामीले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवामा असर नपार्न पनि सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्