Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


यु–१९ विश्वकप क्रिकेट छनोटः नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित


0
Shares

शुक्रबार नेपालले आयोजक सिंगापुरसँगको दोस्रो खेलमा २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो ।

सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दीप सुनारले २६ र प्रकाश केसीले २३ रन बनाए ।

सिंगापुरका विक्रमवीर विश्वरायले ३, सुनिल आर्यमन र आहन गोपिनाथले २÷२ विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६.५ ओभरमा अलआउट भयो ।

सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनुबाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४, किशोर महत, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान २/२ विकेट लिए ।

‘डबल राउन रोबिन लिग’मा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । अर्को खेलमा मलेसियालाई ५ विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले न्यूजिल्यान्डमा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।