फाइल फोटो
बिहीबार र शुक्राबार (आज)बसेको सो पार्टीको अध्यक्षमन्डलको बैठकले साउन १८ देखि २० गतेसम्म पदाधिकारी र साउन २१ देखि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीसम्बद्ध वर्गीय संगठनका केन्द्रीय अध्यक्ष र पार्टी जिल्ला अध्यक्षमन्डलका अध्यक्षलाईसमेत आमन्त्रित गरिनेछ ।
आगामी असोज २ गते २ नम्बर प्रदेशमा तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई ध्यानमा राखी पार्टीले बैठक बोलाएको हो ।
अघिल्लो दुई चरणको निर्वाचन बहिस्कारका विषयमा सो पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
राजपाका नेता हृदयेश त्रिपाठीलगायतले केन्द्रीय समितिको बैठक डाक्नुपर्ने माग राख्दै केही दिनअघि भैरहवामा पत्रकार सम्मेलन गरेका थिए । रासस





प्रतिक्रिया दिनुहोस्