११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


माओवादी बैठकमा नारायणकाजी श्रेष्ठले पोखे आक्रोस– कहिलेसम्म प्रष्टिकरण दिइरहनु पर्ने हो ?


0
Shares

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक–पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने, जानकारी दिन आग्रह गरेका छन् ।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता–कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए ।

शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो ।

‘हाम्रो पार्टीमा सधैं जनयुद्धमा सहभागी भएको भनेर थर्काउने गरिन्छ । मार्क्स, एंगेल्सले बन्दुक बोकेका थिए ? उनीहरू क्रान्तिकारी होइनन् ? बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?’ श्रेष्ठको प्रश्न थियो ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको अन्धप्रशंसा गर्ने प्रवृत्ति रहेको भन्दै नेतृत्वको अचाक्ली प्रशंसासँग आफू असहमत रहेको पनि बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट