Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटा चेल्सीमा अनुबन्धित


0
Shares

चेल्सीले ६ करोड पाउण्ड स्ट्रर्लिङमा मोराटालाई अनुबन्ध गरेको हो ।

स्पेनिस मोराटाले गएको सिजन च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिडका लागि २० गोल गरेका थिए ।

उनी गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब रियल मड्रिड फर्किएका थिए ।

मोराटा अब चेल्सीको प्रिसिजन एसिया भ्रमण टिममा सहभागी हुने सम्भावना छ ।

चेल्सीले यसअघि सन् २०११ को जनवरीमा फर्नान्डो टोरेसलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो । (एजेन्सी)