Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


संन्यासको तयारीमा रहेका बोल्टले जिते स्वर्ण पदक


0
Shares

जमैकाका ३० वर्षे कीर्तिमानी धावक बोल्टले १ सय मिटरको दूरी ९ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

उनले अमेरिकाका इशाह योङलाई पछि पारेका हुन् । योङले ९ दशमलव ९८ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए ।

१० दशमलव ०२ सेकेन्डमा दूरी पूरा गरेका दक्षिण अफ्रिकाका एकानी सिम्बाइन तेस्रो भए ।

संन्यासको तयारीमा रहेका बोल्टले आउँदो अगस्टमा लण्डनमा हुने विश्व च्याम्पियनसिपमा एक सय मिटर चार गुणा रिले दौडमा सहभागी हुने घोषणा गरेका छन् ।

त्यो दौड नै आफ्नो खेल जीवनको अन्तिम औपचारिक सहभागिता रहने उनले बताएका छन् ।