Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


अल्वानिया पुगेका विद्यार्थी नेताले गरे नेपालको पर्यटन प्रवद्र्धन


0
Shares

संसारभरका सोसियलिष्ट युवा नेताहरूको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै पुगेका नेताहरूले भने पर्यटन प्रवर्दन गरेका हुन् ।

नेविसंघ र तरूण दलकातर्फबाट सम्मेलनमा सहभागि नेताहरूले राजनीतिक विषय भन्दा नेपालको पर्यटनका विषयमा जोड दिए ।

उनीहरूले आफैसँग लगेको सगरमाथा, लुम्बिनीको तस्विर प्रदर्शन गरि विश्वका सयभन्दा बढि देशका सहभागीहरूको ध्यान ताने ।

सम्मेलमा सहभागि नेविसंघका नेता दुजाङ शेर्पाले सम्मेलन निकै उपलब्धिमुलक भएको बताए ।

सम्मेलनमा नेपालमा भएको राजनीतिक उपलब्धीका बारेमा नेपाली युवाहरुले जानकारी गराएका थिए । 

उनले भने, ‘विशेषत राजनीतिक कार्यक्रम भएपनि हामीले संसारलाई नेपालका पर्यटकीय स्थल चिनाउने अवसरका रूपमा उपयोग गर्‍यौं ।’

धेरै देशका सहभागीले आफुहरू नेपाल आउने प्रतिवद्धता समेत जनाएको शेर्पाले बताए ।

सम्मेलनमा तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाही, नेवि संघका उपाध्यक्षद्वय सागर परियार र पुष्पकुमार शाही, केन्द्रीय सदस्य मदन भन्डारी, विद्यार्थी नेता डुजाङ शेर्पा सहभागी थिए ।

albinaiya1

youth1

youthleader11