नेपाली टोली यही साउन २५ गते १० दिनका लागि जापान जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।
एसियन कप छनोटअन्तर्गत् आगामी भदौ २० गते ताजकिस्तानविरुद्ध हुने खेलको तयारीका लागि टोलीले जापानमा अभ्यास खेल खेल्नेछ ।
ताजकिस्तानविरुद्धको खेलका लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत साताबाट टोलीको प्रशिक्षण सुरु गराइसकेका छन् ।
एसियन कप छनोटको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले हारेको नेपालले घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।





प्रतिक्रिया दिनुहोस्