Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


कांग्रेस नेता खड्काको मुर्ति दान अभियान जारी


0
Shares

काठमाडौं । समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले इलाम नगरपालिकामा–७  स्थित नारायणस्थान मन्दिरलाई ४० केजीको शिवको मुर्ति हस्तान्तरण गरेका छन् ।

पच्चहत्तर हजार मूल्य बराबरको मूर्ति मन्दिरका पुजारी ज्ञानीराम पोखरेललाई  मन्दिर परिसरमा पुगेर नेता खडका र खड्काकी धर्मपत्नि प्रमिलाले संयुक्त रुपमा मूर्ति हस्तान्तरण गरेका हुन् ।

जिल्लाका मन्दिरहरुलाई मुर्ति दान अभियान नै चलाइरहेका नेता खड्काले आफू धर्मप्रति दृढ आस्थावान भएको बताउँदै नारायणस्थान मन्दिरलाई देश–विदेशमा प्रचार गर्नुपर्ने सुझाए ।

उक्त मन्दिर इलामको ऐतिहासिक धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण भएकाले थप सहयोगका लागि आफू तयार रहेको पनि उनले बताए ।

जिल्लाका बिभिन्न मठमन्दिर, गुम्बा, चर्चहरुमा पुगेर विभिन्न सहयोग गर्दै आइरहेका नेता खड्काले केही साताअघि इलामकै मंगलबारेस्थित शिखरबाबो धाममा पनि मुर्ति हस्तान्तरण गरेका थिए ।

उनले मन्दिरहरुलाई मूल्यवान मुर्ति तथा गुम्बा र चर्चहरुलाई भौतिक पूर्वाधारका लागि आर्थिक सहयोग जुटाइरहेका छन् ।