५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


प्रताप दास र भावना आचार्यको गीतमा पल र निशाको रोमान्स(भिडियो)


0
Shares

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानी’को भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको छ ।

दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाहले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा पलसँग निशा पुरीले साथ दिएकी छिन् ।

यसअघि बग्ने खोला बगिको बोल गीत मार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले बिबाहको कुरा गरेका छन् ।

माघ महिनामा पलले बिबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् । देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् ।

भावनाको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिकृया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित देखिन्छिन् ।

गायिका भावनाका गीतहरु एकपछि अर्को गर्दै लगातार हिट भएसँगै उनी देश विदेशका कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै जान थालेकी छिन् ।