आइतबार साँझ विज्ञप्ति जारी गर्दै आइसीसीले शनिबार क्यान विवाद समाधानका लागि गठीत सल्लाहकार समितिसंग भएको छलफल सकारात्मक भएको भन्दै अब तदर्थ समिति गठन गरी साधारण सभाबाट निर्वाचित कार्यसमिति बनाउने जनाएको छ ।
आइसीसीका ग्लोबल कम्युनिकेसन्स अफिसर मेरी गुडबियरले जारी गरेको विज्ञप्तिमा आईसीसीका उपाध्यक्ष ईमरान ख्वाजाको नेतृत्वमा बसेको बैठकले ठोस सहमति गरेको उल्लेख छ ।
ख्वाजाले ‘बैठक अत्यन्त सफल भएको र सहमतिअनुसार अगाडि बढ्ने हो भने नेपाली क्रिकेटमा नयाँ युगको थालनी हुने’ बताएका छन् ।
क्यानको साधारण सभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद थियो ।
निर्वाचित क्यानका प्रतिनिधिले राखेको प्रस्ताव बमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारण सभामा ६० जनाको सहभागिता रहने स्रोतले बताएको छ ।
क्यानमा आबद्ध हरेक जिल्लाबाट एक जना प्रनिनिधिले भाग लिन पाउने गरी सहमति बनेको छ ।
त्यस्तै प्रदेशबाट २ जिल्ला बराबर १ प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका १-१ एक जना गरी साधारण सभामा ६० जनाको उपस्थिति रहने व्यवस्था गर्न लागिएको छ ।





प्रतिक्रिया दिनुहोस्