Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले जित्यो, भारत पराजित


0
Shares

आइतबार राती लर्ड्समा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि जितेको हो ।

२ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।

भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिए ।

इङ्ल्याण्डको जितमा एन्या श्रब्सोल एक्लैले लिएको ६ विकेट महत्वपूर्ण रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो ।

उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाएका थिए ।