सोमबार सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३औं ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे । प्रतियोगितामा नेपालको यो चौथो जित हो ।
यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३६औं ओभरमा अलआउट हुनुपूर्व ८९ रन जोडेको थियो । मलेसियाका लागि सुरुआती ब्याट्सम्यान साइद अजिजले ४६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । लामिछाने हालसम्म प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार (भोलि) अफगानिस्तानको सामना गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्