Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भूकम्प गएको २७ महिना वित्यो तर गोरखाका पीडितको अझै यस्तो हालत(भिडियो)


0
Shares

-रेनु श्रेष्ठ/ईमेज

भूकम्प गएको दुई बर्ष भन्दा बढी भईसक्दा पनि पुर्ननिर्माणले गति लिन नसक्दा यो बर्षायाममा पनि गोरखाका धेरैजसो पीडित अस्थायी टहरामै बस्न बाध्य छन ।

निजी आवास पुर्ननिर्माणका लागि पहिलो किस्ता पाए पनि अरु पैसाको अभावका कारण घर बनाउन नसक्दा गोरखाका भूकम्प पीडितले यसपटकको वर्षायाम पनि अस्थायी टहरामै बिताउनुपरेको बारपाकका मिन बहादुर गुरुङ्गको भनाई छ ।

भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत घर बनाएका ९३ जनाले मात्र दोस्रो किस्ता पाए तर धेरैजसो भूकम्प पीडितहरु अझै टहरामै बसिरहेका छन ।

गोरखामा ५५ हजार २ सय २७ जना भूकम्प पीडितले पहिलो किस्ता पाएको मध्ये ६ हजार ६ सय ६३ जनाले मात्र दोस्रो किस्ता भुक्तानी पाइसकेको गोरखाका स्थानीय विकास अधिकारी नारायण आचार्य बताउँछन् ।

जिल्लाभरीमा ६० हजार ८ सय १५ जना लाभग्राही रहेकोमा ४ हजार ४ सय १८ जनाले मात्र घर निर्माण गरिरहेका छन ।

अस्थायी टहरामै यसपाली बर्खा पनि विताउनु पर्दा भूकम्प पीडितहरुको दैनिकी कष्टकर बनेको ।