Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग चीनले वार्ता नगर्ने, सीमाबाट सेना फिर्ता गर्नुपर्ने शर्त


0
Shares

ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकमा भारतको प्रतिनिधित्व अजित डोभालले गर्दैछन् । २७ र २८ जुलाईमा हुने सो बैठकका क्रममा उनले चिनियाँ समकक्षीसँग छुट्टै वार्ता गर्ने जनाइए पनि चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले त्यस्तो वार्ताको सम्भावना नरहेको प्रष्ट पारेको छ ।

सो अखबारले आफ्नो सम्पादकीयमा भनेको छ, ‘भारतले आफ्नो भ्रम त्याग्नु पर्दछ । अजित डोभालको चीन भ्रमणका क्रममा दुई देशबीच जारी विवाद भारतको इच्छाअनुसार समाधान गर्ने सही मौका होइन । ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक नियमित रुपमा हुने एक सम्मेलन हो, जसको उद्देश्य ब्रिक्स सम्मेलनको तयारी गर्नु हो । यो मञ्च चीन–भारत सीमा विवाद सुल्झाउनका लागि होइन ।’

सो अखबारले चीन–भारत सीमा विवादका पठाडि सबैभन्दा ठूलो दिमाग नै अजित डोभालको रहेको दाबीसमेत गरेको छ । भारतीय मिडियाले डोभालको चीन भ्रमणका क्रममा मौजुदा विवाद समाधान हुने आश गरिरहेको जिकिर गर्दै ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा भनेको छ, ‘विवादित क्षेत्रबाट भारतीय सेना नहटेसम्म दुई देशबीच सार्थक वार्ता हुन नसक्नेमा चीन प्रष्ट छ ।’ (एजेन्सी)