हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष नाग पञ्चमीकै बेला सुरु गरिएको हो । अहिले गोसाइँकुण्डमा पुग्नेहरुको भीड बढ्न थालेको छ ।
कुण्डमा स्नान गरी गोसाईवावा भगवान् शीवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफ्ना मनोकांक्षा पुरा हुने जनविश्वासका साथ वर्सेनि हजारौैं भक्तजन पुग्ने गर्दछन् ।
आजदेखि सुरु भएको मेला १३ गतेसम्म चल्ने छ । यसअघि १० दिनसम्म मेला लाग्ने भए पनि यो वर्ष पूर्णिमाका दिन ग्रहण लाग्ने भएकाले १३ गतेसम्म मात्र मेला लाग्ने भएको हो ।
मेला भर्न आउने तिर्थयात्रीका लागी गोसाईकुण्ड पदमार्गमा होटल तथा छाप्रोको व्यवस्था मिलाइएको र स्थान अनुसार खाना र बासका लागी दर रेट तोकिएको गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए ।
त्यसैगरी मेला अवधिभर विभिन्न स्थानमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
मेला व्यवस्थापन गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र स्काउटको टोली खटाइएको छ ।










प्रतिक्रिया दिनुहोस्