आणविक हतियार सुसज्जित दुई मुलुकको चुलिँदो विवादले एसियामात्र नभइ कतै पुरै विश्वलाई लपेट्ने हो कि भन्ने आशंका पनि व्यक्त गरिँदैछ ।
दुई छिकेकी मुलुकबीच असहज परिस्थितिबाट नेपाल कसरी जोगिनसक्छ ? धेरै नेपालीको ध्यान अब यता केन्द्रित भएको छ ।
त्रिदेशीय सीमा क्षेत्रमा देखिने यस्ता दृष्यले भारत र चीन युद्धको निकट रहेको आभास दिलाउन थालेको छ ।
चीन र भारतले विवादित भूमिमा आफ्ना सेनाको उपस्थिति बढाउँदै लगेका छन् । दुबै देशका सन्चारमाध्यममा सरकारी अधिकारी, कूटनीतिक क्षेत्रका व्यक्तिहरुको उत्तेजनापूर्ण अभिव्यक्ति आइरहेको छ ।
दुबै देशले आफूहरु सन् १९६२ को अवस्थामा नरहेको चेतावनी दिइरहेका छन् । जति सकिन्छ धम्कीपूर्ण भाषा प्रयोग गर्ने र एकले अर्कालाई गलाउने रणनीतिमा चीन र भारत छन् ।
अहिलेसम्म अवस्था ‘वार अफ वर्डस्’ अर्थात् वाकयुद्धको देखिन्छ । तर, कतै यो अवस्था भौतिक आक्रमणमा पुग्ने त होइन ? भन्ने खतरा पनि उत्तिकै छ । यस्तो अवस्था आइहाले एसियाको नक्सामा नै परिवर्तन आउने खतरा देखिन्छ ।
केहीगरी परिस्थिति नियन्त्रणभन्दा बाहिर गए त्यसको सबैभन्दा धेरै असर नेपाललाई पर्ने देखिन्छ ।
यी दुई मुलुक सन् १९६२ मा पनि आमने–सामने भएका थिए । त्यस समयमा नेपालले अपनाएको कूटनीतिक चातुर्य र गम्भीरताको अहिलेसम्म पनि प्रशंसा हुने गरेको छ ।
तर, अहिले भारत र चीन दुबैले नेपालको सम्बन्धलाई शंकाको दृष्टिले हेर्ने गरेकाले आफ्नो तटस्थता जोगाउन नेपालले थप मेहनत गर्नुपर्ने परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् ।
दुई छिमेकी मुलुकबीच तनाव बढ्दै जाँदा त्यसको सामना कसरी गर्ने भन्नेबारे नेपालमा पर्याप्त तयारी नभएको गुनासो बढ्न थालेको छ ।
दुबै छिमेकी मुलुकलाई विश्वासमा लिएर नेपाललाई कसरी खतरामुक्त गर्ने भन्नेबारे राष्ट्रिय धारणा बनाउनुपर्ने आवाज विस्तारै बाक्लिन थालेको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्