मेलम्ची खानेपानी आयोजनाले भत्काएर भताभुंग छाडेका भित्री सडकहरु यतिबेला बिजोग अवस्थामा छन् । पानी परे हिलाम्य र घाम लागे खपिनसक्नु धुलाम्य छन्, भित्री सडकहरु ।
मुख्य सडकहरुको जिम्मा सडक विभागको भएपनि भित्री सडकहरुको मर्मत–सम्भारको काम भने महानगरपालिकाको हो । तर, महानगरपालिकाले यी सडक र गल्लीहरुको मर्मततर्फ ध्यान दिएको पाइँदैन ।
महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले प्रधानमन्त्रीको निर्देशन आफूहरुका लागि पनि भएको भन्दै भित्री सडकहरुको मर्मतको काम पनि अघि बढाइएको दाबी गरे ।
पौडेलकाअनुसार एक महिनाभित्र राजधानीका भित्री सडकहरुको मर्मत–सम्भार सम्पन्न हुनेछ ।
सडक भत्काउने र बनाउने करिब आधादर्जन निकायहरु रहेका र तिनीहरुबीच समन्वय नहँुदा सडकको अवस्था लथालिंग भएको कार्यकारी अधिकृत पौडेल पनि स्वीकार गर्छन् । (विस्तृत भिडियोमा हेर्नुहोस्)
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्