नेपाल एवं चीन हिमालयमैत्री समाज र चीनको नर्थ वेस्ट विश्वविद्यालयलले मंगलबार राजधानीमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले चीनको ओबीओआरले नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य र आर्थिक क्रियाकलापमा सन्तुलन ल्याउने विश्वास व्यक्त गरे ।
नेपालको व्यापार र विकासका कार्य पूर्णरुपमा दक्षिणतिर निर्भर रहेको छ । ओबीओआरको सम्झौतापछि भने नेपालको आर्थिक सम्बन्ध र विकास उत्तरतिर पनि विस्तार हुने उनको भनाइ छ ।
चीनको एसिया क्षेत्रमा केन्द्रित विकासको अवधारणाको ओबीओआरले नेपालले पनि फाइदा लिनसक्ने उनले बताए ।
यो परियोजनाबाट चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि आउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्