११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


सामाजिक संजालमा भाइरल यी छात्रा, जसले ढलबाट उद्धार गरिन्


0
Shares

                सुजाता गोले (बायाँ) र उनले उद्धार गर्दाको तस्वीर ।                              तस्वीर सौजन्य : कान्तिपुर दैनिक

पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँ बस्तीस्थित कोठामा जाने सुरमा थिइन् ।

उनीसँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विलचेयरमा ढलको पानीमा डुबेको देखिन् । उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् ।

उनी पुग्नुभन्दा अघिदेखि नै भलको पानीमा अड्किएका ती मानिस र उनको ह्विलचियरलाई चारैतिरबाट मानिसले हेरिरहेका थिए । तर, कोही ढलको पानीमा छिरेको थिएन । गोले हेरेर बस्न सकिनन् ।

उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका मानिसलाई तान्न अघि सरिन् । ढलको पानीमा ह्विलचियरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए । तर जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले ।

‘तर मैले उहाँले भनेको कुरा मानिनँ । मैले जबरजस्ती ह्विलचेयर समाएर तानेँ,’ गोलेले भनिन् ।

दोलखा मेलुङ गाउँपालिका ४, भेट्पुकी गोले एक वर्षअघि काठमाडौं आएकी हुन् । –कान्तिपुर दैनिकबाट