
भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५० ५० मेगावाट बिजुली ल्याइ गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्य जुट्दैछन् ।
भारतले पुसमा निर्माण सकेको कुसाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट आयात गरिने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए ।
यी दुई प्रसारण लाइनबाट आउने विजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट विजुली आयात हुने उनले जानकारी दिए ।
‘निर्माण सकिएर सकिएर पनि भाउ तय नभएकाले कुसाह र रक्सौलबाट थप विजुली आयात भएको छैन्’, अधिकारीले मंगलबार भने, ‘व्यापारिक आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा विजुली आयात गर्न सहज हुनेछ ।’ –अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्