Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल


0
Shares

काठमाडौं, माघ १३ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशाशन समितिले आज पनि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल गरेको छ ।

समितिको कार्यालय सिंहदरवारमा आज बसेको बैठकमा विधेयकमाथि संशोधन हाल्ने संशोधनकर्ता सांसदसँग छलफल गरिएको हो । बैठकमा संशोधनकर्ता सांसद लक्ष्मणलाल कर्णले नागरिकता वितरण सम्बन्धमा रहेका विभेदकारी प्रावधान नहटाए मुलुकमा शान्ति कायम गर्न अप्ठ्यारो हुने धारणा राखे ।

अर्का सांसद भरतकुमार शाहले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता त्याग्ने प्रक्रिया सुरु गर्ने बित्तिकै वैवाहिक अंगिकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सांसद राजेन्द्र श्रेष्ठले नागरिकता सम्बन्धी प्रावधानहरु अन्तरिम संविधानभन्दा पश्चगामी रहेको भन्दै नागरिकता सम्बन्धी व्यवस्था राजनीतिक निर्णयबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

यसैबीच, नागरिकता विधेयकमाथि दफावार छलफल भईरहेको बेला समितिका सदस्य प्रमोद साहले मोबाइलबाट लाईभ गरेपछि समितिका सभापति शशी श्रेष्ठले लाइभ गर्न नपाइने भन्दै रुलिङ गरेकी थिइन् ।