Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सप्तरीका ४० प्रतिशत खेतमा मात्र धान रोपाई


0
Shares

७० हजार हेक्टर खेती योग्य क्षेत्रफल रहेको सप्तरीमा जम्मा २८ हजार हेक्टरमा मात्र रोपाई भएको छ । ४२ हजार हेक्टर खेत अझै बाँझै छ ।

जिल्लाका पूर्वी क्षेत्रमा बाढीले खेतीयोग्य जमिन डुबाउने तर पश्चिम, उत्तर र पूर्वी दक्षिणी क्षेत्रमा पानी नभएर जमिन त्यत्तिकै बाँझै लडिरहेको हो ।

कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार समयमा पर्याप्त वर्षा र सिँचाइ नहुँदा आकाशे पानीको भरमा रहेका कृषक मारमा परेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा चन्द्रनहर र कोशी पम्प नहरको पानीले केही धान रोपिए पनि पश्चिमी, उत्तरी तथा पूर्वी दक्षिणी क्षेत्रका किसानले स्यालो ट्यूबवेल, पम्पिङसेट, भबलेटर प्रयोग गरेर रोपाइँ गर्न बाध्य छन् । यस वर्ष मनसुन कमजोर हुँदा देशैभर पर्याप्त धान रोपाई हुन सकेको छैन ।