Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


श्रीमतीसँगको झगडापछि छोरीकै सामू सेती नदीमा हामफाली बेपत्ता


0
Shares

सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ भनी आफ्नी छोरी मनिकालाई सेती नदीको डिलमा लिएर गएकोमा त्यतिकैमा उनी एकाएक नदीमा हामफालेका थिए ।

छोरीको हारगुहारपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले खोजी गरेपनि रातिसम्म भेट्टाउन नसकिएको र आज पनि खोजी कार्य जारी राखिने प्रहरी नायब उपरीक्षक खत्रीले बताए । (रासस)