बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि बिहीबार दिउँसो १ बजे बस्नेगरी टुंगिएको हो ।
बैठकमा थ्रीस्टार क्लबलाई दिने क्षतिपूर्तिबारे बढी छलफल भएको थियो । एन्फाको गल्तीका कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रीस्टार क्लब आन्दोलित छ ।
थ्रीस्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभित्र भएपनि आसन्न साधारणसभामा यो विषय उठ्नसक्ने भएकाले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार नभएको बुझिएको छ ।
बैठकमा तीन महिनापछि हुने एन्फाको निर्वाचन, ‘ए’ डिभिजन लिग सन्चालनलगायतका विषयमासमेत छलफल भएको छ ।
मत बाझिएपछि बैठक फेरि बिहीबार १ बजेका लागि तोकिएको हो ।





प्रतिक्रिया दिनुहोस्